काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–५ घर भई ललितपुरको ललितपुर महानगरपालिका– १४ बस्ने कमल प्रसाद घिमिरे रहेका छन्।
उनी माथि जिल्ला अदालत ललितपुरले ५ दिन कैद र ४० हजार जरिबाना फैसला गरेको थियो। उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया