काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ्री भिसा फ्री टिकटमा मलेसिया पठाइदिन्छु भन्दै १५२ जनाबाट १२ हजारका दरले ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका रन्जु कुमारी साह र मकवानपुरकी माइती माया थोकर रहेका छन्।
उनीहरूले पीडितहरूसँग स्वास्थ्य परीक्षण तथा प्रहरी रिपोर्टका लागि भन्दै १५२ जनाबाट १२ हजारका दरले रकम उठाउने गरेका थिए। साथै, उनीहरूले पीडितलाई यही वैशाख १८ गते फ्लाइट रहेको भनी पीडितहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कागजात लिन बोलाएको थिए। उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नामको सक्कल राहदानी १५२ थान बरामद गरेको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया