५० हजार घुससहित डिठ्ठा लव कुमार सिंह अख्तियारको नियन्त्रणमा


 
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंहलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले सिंहलाई सेवाग्राहीसँग ५० हजार  घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनले अदालतको फैसला अनुसार दा.खा. पुर्जी गरी रोक्का रहेको जग्गा फुकुवासमेत गर्नको लागि विभिन्न बाहाना बनाइ दुःख हैरानी दिई बार्गेनिङ्ग गरी सेवाग्राहीसँग ५० हजार माग गरेको अख्तियारले जनाएको छ। 

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।