सम्पत्ति शुद्धीकरण कसुरमा राम बहादुर बमजनले पाए सफाइ


काठमाडौं – लिटिल बुद्धको नामले चर्चित रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसुरमा पनि सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो।

उनीविरूद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको सम्पत्ति शुद्धीकरण कसुरको मुद्दाको फैसला वैशाख ८ गतेको इजलासले गरेको हो। अभियोग दाबी नपुग्ने फैसला गरेपछि उनी कारागार कार्यालय सर्लाहीबाट छुटिसकेको प्रहरीले जनाएको छ।

बमजनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो। उनीविरूद्ध बाल यौन दुरूपयोगको कसुर सर्वोच्च अदालतमा विचाराधीन छ।