सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा सरकार लिपुलेक-कालापानी जानुपर्छ: दुर्गा प्रसाईँ


काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाहप्रति लक्षित टिप्पणी गरेका हुन्। प्रसाईँले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए।

प्रसाईँले भने, ‘भोलिदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन्। नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन ? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेन शाहले मेयर हुँदा ? त्यो भूमि किन फिर्ता ल्याइँदैन ? नेपाली सेना आज सुकुम्वासी वस्तीमा कि लिपुलेक कालापानीमा हुनुपर्ने ? बालेन कहाँ छन् ? बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने हो।’

प्रसाईँले सरकारको सुकुम्वासीप्रति व्यवहारप्रति पनि आलोचना गर्दै गरिबमाथि अन्याय भएको बताए। ‘गरिबहरूलाई जसरी रुवाइएको छ, त्यो देख्दा दुःख लाग्छ,’ उनले भने, ‘अर्काको निजी जग्गामा बस्न नदिने भनिन्छ, तर उनीहरू जाने ठाउँ खोलाको किनारमै हुन्छ। घर भनेको सबैको सपना हो। घर नभए सरकारी जग्गामा बस्नुपर्ने बाध्यता हुन्छ।