स्रोत नखुलेको नगद २६ लाख ९८ हजारसहित २ जना प्रहरीको फन्दामा 


काठमाडौं – विराटनगर महानगरपालिका–४ विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद  २६ लाख ९८ हजार सहित २ जनालाई पहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीका दिलीप तामाङ र भारतका मोहिदिल अलि रहेका छन् । 

विराटनगर एयरपोर्टमा विराटनगरबाट काठमाडौं जाने यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा तामाङको साथबाट ११ लाख र अलिको साथबाट १५लाख ९८ हजार फेला पारेको प्रहरीले बताएको छ । 

उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।