ग्रीस पठाइदिन्छु भन्दै ३४ लाख ठग्ने दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – ग्रीस पठाइदिन्छु भन्दै ३४ लाख ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काभ्रेपलान्चोकका प्रल्हाद खत्री र सरोज गौतम रहेका छन्। 

प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै खत्री र  गौतमले १७–१७ लाख ठगी गरेका छन्। 

उनीहरूलाई जिल्ला काठमाडौं महानगरपालिका– ३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।