स्लोभाकिया पठाइदिन्छु भन्दै ५ जनाबाट  ३ लाख ७५ हजार ठग्ने व्यक्ति पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेका अभियाेगमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका– ६ घर भएका ४५ वर्षीय हिमहरी अर्याललाई बुधवार प्रहरीले पक्राउ गरेको छ।

हिमहरीले स्लोभाकिया पठाइदिन्छु भनी ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।