काठमाडौं – बैंक कर्मचारीहरू आक्रमण गर्न उक्साउने झापाका देवी प्रसाद संग्रौला पक्राउ परेका छन्। उनले वित्तीय संस्थाबाट ऋण लिएको मानिसहरूलाई भेला गरी बैंकका कर्मचारीहरू घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु, कालो मोसो दल्नु भन्दै भड्किलो अभिव्यक्तिहरू दिने गरेका थिए।
सामाजिक सञ्जाल तथा निगरानी अनलाइन टिभी मार्फत यस्तो अभिव्यक्ति दिई सार्वजनिक शान्ति भङ्ग गर्ने गरेकोले उनलाई काठमाडौं अपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले एयरपोर्ट गेटबाट पक्राउ गरेको छ।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया