काठमाडौं – व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धान तीव्र बन्दै गएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायीहरू भट्ट र अग्रवालमाथिको अनुसन्धान तीव्र पारेको हो।
व्यवसायीहरू भट्ट र अग्रवालमाथि सीआईबीले ३ वटा कसुरमा अनुसन्धान गरिएकाे छ। साथै, उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरीरहेको छ । यो समेत गरी गरी उनीहरूमाथि चार वटा कसुरमा अनुसन्धान भइरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र ऐन सम्बद्ध कसुर र बीमा ऐन सम्बद्ध कसुरमा अनुसन्धान गर्नुपर्ने बताएसँगै सीआईबीले अनुसन्धान तीव्र बनाएको हो।
सीआईबीका प्रमुख मनोज कुमार केसीका अनुसार भट्ट र अग्रवालमाथि बैंकिङ्ग कसुर, बीमासम्बन्धी कसुर र धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जसका लागि नेपाल राष्ट्र बैंकबाट पनि सहयोग लिइएको उनले बताए।
नेपाल बीमा प्राधिकरणका अनुसार स्थलगत निरीक्षण टोली खटाइएको हो। धितोपत्र बोर्डका अनुसार पनि सीआईबीलाई सहयोगका लागि सुपरिवेक्षण टोली खटाएको छ।



About Us
प्रतिक्रिया