काठमाडौं – अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी हेमन राई, योगेश लिम्बु, मिलन लिम्बु, शुसान्त घिमिरे, कुमार तामाङ, विवेक थापा, सुजित साह, अशोक लिम्बु, भवानी दाहाल र प्रज्जवल राई रहेका छन्।
धरान उपमहानगरपालिका- १३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा खेल्दै–खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दै –खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया