काठमाडौं – व्यवसायी शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अदालतमा पेस गरेको छ। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेसँगै अदालतमा पेस गरिएको सीआईबीका पवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए।
मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा गोल्छालाई उपस्थित गराउन आदेश दिएको थियाे। व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन्। सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको थियो।



About Us
प्रतिक्रिया