काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्दा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्रगतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५६, अन्यमा एक हजार ५१५ गरी कुल दुई हजार ७२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनले भने,’बितेको चौबीस घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट २७ लाख २७ हजार छ रुपैयाँ राजस्व सङकलन भएको छ।’
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।



About Us
प्रतिक्रिया