३७ पटक पक्राउ परी सकेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ


काठमाडौं –  ३७ पटक मुद्दा चलिसकेका व्यक्ति फेरि पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति तनहुँ ऋषिङ गाउँपालिका-५ रामजाकोट घर भई हाल काठमाडौं महानगरपालिका-३ टोखाः बस्ने सन्तोष रानाभाट छन्।

उनी यसपटक सुनचाँदी चोरेको आरोपमा पक्राउ परेका हुन्। काठमाडौंको कालोपुलस्थित एक घर फुटाएर सुनचाँदीका गहना चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी ०६१ सालदेखि विभिन्न अपराधमा जोडिएको प्रहरीको भनाइ छ। उनीमाथि हालसम्म ३७ वटा मुद्दा दर्ता भइसकेको यीमध्ये २२ वटा अभद्र मुद्दा, १३ वटा चोरी मुद्दा, हातहतियार खरखजना मुद्दा १ वटा, लागुऔषध मुद्दा १ वटा दर्ता भइसकेको छ।