काठमाडौं – आफ्नो बैंक खाता अरूलाई दिएर वा अरूको रकम आफ्नो बैंक खाताबाट कारोबार नगर्न प्रहरीले आग्रह गरेको छ। प्रहरीको साइबर ब्युरोले एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएको हो।
अलिकति कमिसनको लोभमा आफ्नो खाता अरूलाई चलाउन दिँदा तपाईँ अवैध पैसा ओसारपसार गर्ने माध्यम ‘मनी म्युल’ बन्न पुग्ने प्रहरीले जनाएको छ। जसले गर्दा कानुनी कारबाही समेत हुन सक्ने प्रहरीले बताएको छ।
साथै, आफ्नो खाता आफ्नै नियन्त्रणमा राख्ने, कसैको प्रलोभनमा नपर्ने र ओटिपी सहजै शेयर नगर्न प्रहरीले आग्रह गरेको छ।



About Us
प्रतिक्रिया