काठमाडौं – काठमाडौंको गोङ्गबु चोकमा रहेको ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका सविन नेपाली रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई सामाखुशीबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ। नेपाली विगतमा साइबर अपराध कसुरमा २ महिना बाल सुधार गृह ठिमी, भक्तपुरमा बसेको प्रवक्ता रामेश्वर कार्कीले बताए।
साथै, नेपालीमाथि प्रहरी वृत्त जनसेवामा चोरी कसुरमा मुद्दा दर्ता भई अनुसन्धानको क्रममा प्रहरी वृत्त जनसेवामा रहेका थिए। तर, उनी जेनजी आन्दोलनका क्रममा फरार भएको कार्कीले जानकारी दिए।



About Us
प्रतिक्रिया