दीपक भट्टको काण्डमा तानिए शेखर गोल्छा, प्रहरीले राख्यो निगरानीमा


काठमाडौं – व्यवसायी दीपक भट्टको शेयर कारोबार काण्डमा शेखर गोल्छा पनि तानिएका छन्। यससँगै उनी प्रहरीको निगरानीमा परेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीका अनुसार हालसम्म उनी पक्राउ भने परेका छैनन्।

नेपाल धितोपत्र बाेर्डका अनुसार हिमालय सेक्युरिटिज बैंकरको शेयरधनी लगत बमोजिम हिमालयन सेक्युरिटिजमा हिमालयन रिइन्स्योरेन्सको ७५ प्रतिशत, दिपक भट्टको ७ प्रतिशत, शेखर गोल्छाको २.५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरको शेयरधनी लगत बमोजिम उक्त संस्थामा दिपक भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत शेयर स्वामित्व रहेको बोर्डले जनाएको छ। हिमालयन इन्भेष्टमेन्ट बैंकले एचएलआई लार्ज क्याप फण्डनामक सामूहिक लगानी कोषको योजना सञ्चालन गरेको छ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोर्डमा पेश गरेको संस्थापक शेयरधनीको शेयर लगत बमोजिम उक्त संस्थामा भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्गस् प्रालि (हिमालयन रिइन्स्योरेन्स कम्पनी लि) को बोर्डबाट स्वीकृत विवरण पत्रको दफा ग. ५. क को बुँदा नं. २ वमोजिम को ४.५ प्रतिशत, गोल्छा सञ्चालक रहेको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि) हिमालयन रिइन्स्योरेन्स लि)को बोर्डवाट स्वीकृत विवरण पत्रको दफा ग. ५.क को बुँदा नं. २ बमोजिम ) को २० प्रतिशत शेयर स्वामित्व रहेको खुल्न आएको हो।