काठमाडौं – रौतहटको गौर –३ मा रहेको यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका लक्ष्मी कुमार केशरी रहेका छन्।
प्रहरीका अनुसार उनले सेवाग्राहीलाई विभिन्न कामहरू छिटो गरिदिने भनी अनावश्यक झन्झट दिने, हैरानी गर्ने सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरूमा जाने र कार्यालयको कम्पाउन्ड भित्र सेवाग्राहीहरूलाई सवारी चालक अनुमति पत्र बनाई दिन्छु भन्दै विभिन्न किसिमको प्रलोभन देखाई वार्तालाप गर्ने गरेका थिए।
उनलाई यातायात व्यवस्था कार्यालय रौतहट गौरको कम्पाउन्ड भित्रबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।



About Us
प्रतिक्रिया