काठमाडौं – वैदेशिक रोजगार कार्यालयमा सेवाग्राहीहरूलाई दुःख दिने ३ जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका किशोर प्रसाद श्रेष्ठ, सिन्धुपाल्चोकका विजय तामा र नुवाकोटका सागर लामा रहेका छन्।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले वैदेशिक रोजगार कार्यालयबाट सेवाग्राहीहरूलाई दुःख हैरानी दिई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया