विराटनगर विमानस्थलबाट ३८४ ग्राम ९२० मिलिग्राम अवैध चाँदीसहित १ जना पक्राउ  


काठमाडौं – विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेको श्री एयरलाइन्सबाट प्रहरीले ३८४ ग्राम ९२० मिलिग्राम चाँदीसहित १ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगरका आशिष रिजाल रहेका छन्। 

श्री एयरलाइन्स उडानद्वारा काठमाडौं जान लागेका यात्रुहरूको लगेज चेकजाँच गर्ने क्रममा उनको साथबाट बिल बिजक बिनाको ३८४ ग्राम ९२० मिलिग्राम चाँदी फेला पारेको प्रहरीले जनाएको छ। 

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।