काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अमेरिकी उपसहायक विदेशमन्त्री समिर पल कपुरबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित अर्थमन्त्रालयमा मंगलबार भएको भेट ‘आर्थिक सहकार्य केन्द्रित’ रहेको मन्त्रालयले जनाएको छ।
द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको भेटवार्तामा नेपालमा अमेरिकी लगानी बढाउने विषयमा समेत छलफल भएको थियो।
आर्थिक सहकार्यका विषयमा केन्द्रित भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधि पनि उपस्थित थिए। तीन दिने नेपाल भ्रमणको दोस्रो दिन उनले अर्थमन्त्रीसँग वार्ता गरेका हुन्।
यस अवसरमा अर्थमन्त्री डा.वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री बिच हालै सम्पन्न निर्वाचन पछि गठित बर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा गहन छलफल भयो। उक्त छलफलमा अर्थमन्त्री डा.वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरे।



About Us
प्रतिक्रिया