काठमाडौं – जर्मनी र पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख २० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका बेनु श्रेष्ठ र काठमाडौंकी बिनिता नगरकोटी रहेका छन्।
श्रेष्ठले जर्मनी पठाइदिन्छु भन्दै १६ लाख र नगरकोटीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीले श्रेष्ठलाई राधेराधेबाट र नगरकोटीलाई कीर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।



About Us
प्रतिक्रिया