बैंकिङ्ग कसुर मुद्दामा १५ लाख बिगो तोकिएका एक जना पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा  १५ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका भिमसेन काफ्ले रहेका छन्।

काफ्लेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गैरीधारा चोकबाट पक्राउ गरेकाे हाे।

काफ्लेलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत बबरमहल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।