प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिने ‘सानु भाइ’ पक्राउ


काठमाडौं – सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बझाङका सानु भाइ भनिने साजन विष्टलाई पक्राउ गरेको हो।

विष्टले ‘सानु भाइ’ नामक फेसबुक अकाउन्टबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व मन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै पोस्ट गरेका थिए। सोही पोस्टमा उनले माग पूरा नभए वर्तमान प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएका थिए। 

जसका लागी एके–४७ जस्ता अत्याधुनिक ठुला हतियारहरू काठमाडौंमा भित्रिसकेको छ भन्दै सामाजिक संजालमा पोस्ट गरी सर्वसाधारण त्रास फैलाएको प्रहरीले जनाएको छ। उनलाई सिनामंगलबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि साइबर ब्युरो, भोटाहिटी, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।