जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ, ३ लाख १९ हजार  बरामद 


काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२६ बरालडाँडा डेरा गरी बस्ने ४० वर्षीया उषा रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ९ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १९ हजार ४ सय ३७ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।