थुनामा रहेका अभियुक्तहरूलाई ठग्नेहरुमाथि मुद्दा दायर 


काठमाडौं – प्रहरी कार्यालयको थुनामा रहेका अभियुक्तहरूलाई विभिन्न किसिमले ठगी गर्ने बिचौलियाहरूलाई ५ वटा ठगीमा मुद्दा दायर गरिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रकार सम्मेलन गर्दै बिचौलियाहरूले अभियुक्तहरूलाई उपचारमा सहज गराइदिन्छौँ, छिटो हिरासत मुक्त गरिदिन्छौँ, कम कसुर लाग्ने मुद्दा बनाइदिन्छु, धरौटीमा छुटाइदिन्छु भन्दै जिल्ला प्रहरी परिसर र अन्य इकाईको थुना रहेका कैदीलाई ठग्ने गरेको बताइएको छ। 

साथै, यस्ता घटना रोक्न प्रयास पनि भएको बताइएको छ। अन्य प्रहरी कार्यालयहरूमा समेत बिचौलियाहरूले सरकारी सेवा प्रवाहमा पार्ने गरेका थिए। जसबाट केही व्यक्तिले शिध्र सेवा पनि पाएको जनाइएको छ। त्यस्तै, धेरै जसो व्यक्तिहरू सेवा प्रवाहबाट वञ्चित रहनु परेको अवस्थालाई मध्यनजर गर्दै बिचौलियाहरूलाई कानुनी दयारामा ल्याएको छ।