काठमाडौं – चेक अनादर मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका रमाकान्त पाण्डेय, प्रदिप कुमार भारी र बिष्णु प्रसाद वाग्ले रहेका छन्।
रुपन्देही जिल्ला अदालतले पाण्डेयमाथि चेक अनादर मुद्दामा १ हजार र भारी र वाग्लेमाथि २–२ सय जरिवाना फैसला गरेको थियो। उनीहरूलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया