बैंकिङ्ग कसुर मुद्दामा २३ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका– ६ टिका भैरव बस्ने श्याम गोविन्द श्रेष्ठ रहेका छन्। 

ललितपुर जिल्ला अदालतले उनीमाथि ६ दिन कैद र २३ लाख २५ हजार जरिवाना फैसला गरेको थियो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरेको जनाएको छ।