काठमाडौं- वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै १३ लाख ३९ हजार ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम जगत बहादुर खड्का, रामेछापका विकास श्रेष्ठ र काठमाडौंका ज्ञानु श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार खड्काले कतार पठाइदिन्छु भन्दै १ लाख, विकासले साईप्रस पठाइदिन्छु भन्दै ९ लाख र ज्ञानुले युएइ पठाइदिन्छु भन्दै ३ लाख ठगी गरेको थिए।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया