ठगी कसुर मुद्दामा ४ करोड ५० लाख बिगो तोकिएका दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – ठगी कसुर मुद्दामा ४ करोड ५० लाख बिगो तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका शान्तीरमण पंगेनी र काठमाडौंको टोखाका टिका पंगेनी रहेका छन्। 

कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई  फरार रहेका  उनीहरूलाई टोखाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। 

उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पोखरा, कास्की उपस्थित गराइएको प्रहरीले जनाएको छ।