अर्थमन्त्रीको शेयरमा लगानी: हाइड्रो र वित्तीय क्षेत्रमा करोडौँको ‘पोर्टफोलियो’


काठमाडौँ – वर्तमान अर्थमन्त्रीको पछिल्लो सम्पत्ति विवरण सार्वजनिक भएसँगै जलविद्युत र वित्तीय क्षेत्रमा उनको ठूलो लगानी रहेको तथ्य बाहिर आएको छ। सार्वजनिक विवरण अनुसार अर्थमन्त्रीको सबैभन्दा ठूलो लगानी जलविद्युत क्षेत्रमा देखिएको छ।

जहाँ उनले अपर मादी हाइड्रोमा मात्रै ३ करोड रुपैयाँ बराबरको सेयर स्वामित्व राखेका छन्। त्यसैगरी, उनले ठूलो लखोला हाइड्रोपावरमा ६० लाख रुपैयाँ लगानी गरेका छन् भने सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता संस्थापक (प्रमोटर) सेयर आफ्नो नाममा कायम राखेका छन्।

जलविद्युतबाहेक अर्थमन्त्रीको लगानी बैंकिङ र वित्तीय व्यवस्थापनको क्षेत्रमा पनि उत्तिकै देखिएको छ। उनले सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर खरिद गरेका छन् भने नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ बराबरको लगानी गरेका छन्।