प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति ?

'आम्दानीको स्रोत सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, टिकटक'


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहकाे सम्पत्ति विवरण आइतबार सार्वजनिक भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनको र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति उल्लेख छ। 

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र साहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको छ। त्यस्तै, महोत्तरीमा ९ बिघा जमिन रहेको छ। उक्त जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ।

त्यस्तै, पैतृक सम्पत्तिबाट प्राप्त भनेर पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी देखाइएको छ। त्यस्तै, बैंकमा प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको छ।

उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, टिकटक, स्पटीफाईलगायत उल्लेख गरिएको छ। शाहको फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि विवरणमा उल्लेख छ।