काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १० बुदेबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १० बस्ने २७ वर्षीय शिशिर केसी समेत ६ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ७ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो। साथै, म्याग्दीको बेनी नगरपालिका–६ डम्बरा बस्ने ५५ वर्षीय तेज बहादुर खत्रीको घरमा जुवा तास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ५ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार २ सय ८५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया