काठमाडौं – राजश्व चुहावट मुद्दामा ४ करोड ४४ लाख जरिवाना तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही घर भएका अंकुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर प्रविण कुमार महतो रहेका छन्।
उनीमाथि राजश्व चुहावट मुद्दामा उच्च अदालत पाटनको फैसलाले ४ करोड ४४ लाख ८७ हजार जरिवाना र १ वर्ष कैद सजाय ठहर भएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले उनलाई कुलेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया