पोर्चुगल पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमाका लागि पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्। आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।