वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाईदिन्छु भन्दै ५५ लाख ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै रकम ठगी गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङका नरेन्द्र बहादुर धमेना,  कैलालीकी दर्शना भण्डारी र रौतहटका राजु प्रसाद कुसवाहा रहेका छन्। 

पक्राउ पर्ने मध्येमा धमेनाले बुल्गेरिया पठाइदिन्छु भन्दै चार लाख, भण्डारीले ग्रीस पठाइदिन्छु भन्दै ६ लाख र कुसवाहाले बेलायत पठाइदिन्छु भन्दै ४५ लाख १६ हजार ठगी गरेका थिए।  

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।