काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दासलाई १ लाख ४० हजार घुससहित नियन्त्रण लिएको छ।
आयोगका अनुसार दासले चार्जिङ्ग स्टेसनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनलाई उक्त रकमसहित जिल्ला सप्तरी, हनुमान नगर कंकालिनी, नगरपालिका वडा–१ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।



About Us
प्रतिक्रिया