काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
उनीहरूले भोजपुर जिल्लास्थित विद्यालयको भवन निर्माण कार्यसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन विभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेका थिए।
उनीहरूलाई सेवाग्राहीसँग ८५ हजार रुपैयाँ रिसवत लिइसकेको अवस्थामा आयोगबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीहरूलाई ८५ हजार घुस रकम, मोबाइल ३ थान र अन्य कागजातसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



About Us
प्रतिक्रिया