काठमाडौं – नक्कली मालिक बनी व्हाट्सएप र भाइबर मार्फत रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार घर भई हाल जिल्ला काठमाडौं बस्ने अविषेक जैसवाल रहेका छन्।
उनले विभिन्न कम्पनीको काउन्टरमा सम्बन्धित कम्पनीको मालिकको व्हाट्सएप र भाइबर नम्बर ह्याक गरी फोन तथा म्यासेज पठाई ठगी गरेका थिए। उनले आफू विभिन्न कम्पनीको मालिक हुँ मलाई रकम अति जरुरी छ मेरो अफिसको क्यास काउन्टरबाट मलाई पैसा पठाइदेऊ भन्दै पैसा माग्ने गरेका थिए।
जैसवाललाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट ठगी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जैसवालले मेडिसिटि अस्पताल, लबिम मल, नर्भिक अस्पताल, ओलिज स्टोर, सीजीका कर्मचारी लगायत विभिन्न कम्पनीको मालिक हुँ भनी गर्ने गरेका थिए।
व्हाट्सएप र भाइबरबाट फोन तथा म्यासेज गरी रकम समेत मागी ठगी गरेको पाइएको प्रहरीले बताएको छ। साथै, यसरी विभिन्न नम्बरको व्हाट्सएप र भाइबर लगायतका सामाजिक सञ्जाल ह्याक गरी रकम माग गर्ने गिरोह सक्रिय रहेकोले सचेत तथा सजग रहन जिल्ला प्रहरी परिसर ललितपुरले आग्रह गरेको छ।



About Us
प्रतिक्रिया