काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरले यस हप्तामा आपराधिक गतिविधिमा संलग्न १७९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईकाअनुसार पक्राउ पर्नेहरूमा अधिकांश बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने रहेका छन् ।
बसपार्क, एयरपोर्ट, यातायात कार्यालयमा सर्वसाधारणलाई दुख दिनेहरूलाई पक्राउ गरेको हो । बिचौलियाहरू ले बसपार्कहरूमा यात्रुहरूलाई दुख दिने, आफ्नो गाडीमा लग्न यात्रुलाई लछारपछार गर्ने, एयरपोर्टबाट यात्रुहरूलाई आफ्नो होटलमा बस्ने भनेर दुख दिने गरेको उनले बताए ।



About Us
प्रतिक्रिया