काठमडौं – एमाले प्रदर्शनमा पक्राउ परेका सात जनामध्ये एक जना बैंकिङ्ग कसुरको अभियोगमा कारागार चलान भएका छन्। बैंकिङ्ग कसुरको अभियोगमा कारागार चलान हुनेमा विमल धमला रहेका छन्।
उनलाई बैंकिङ्ग कसुरमा सुन्धारा कारागार पठाइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए । शनिबारको प्रदर्शनमा ७ जना पक्राउ परेका थिए।
जसमा धमलाको बैंकिङ्ग कसुरको दुई वटा मुद्दा रहेकाले गर्दा प्रहरीले उनलाई रिहा गरेको थिएन। तर, बाँकी ६ जनालाई पक्राउ परेको भोली पल्टै रिहा भएका थिए।



About Us
प्रतिक्रिया