काठमाडौं – व्यवसायी दिपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने भएसँगै विभागले उनलाई कालोसूचीमा राखेको हो।
सम्पत्ति शुद्धीकरण विभागले पत्र पठाएसँगै विभागले कालोसूचीमा राखेको स्रोतले बतायो। अध्यागमन विभागको कालोसूचीमा परेका भट्टको पासपोर्ट रोक्का भएको छ।
भट्टले इन्फिनिटी होल्ड्रिङ्समार्फत विभिन्न कम्पनीहरूमा लगानी गर्दै आएका थिए। जसको उदाहरण हिमालयन रिइन्स्योरेन्स कम्पनी समेत हो।
यो कम्पनीमा उनले गरेको लगानीको स्रोत समेत अस्पष्ट छ भने सोही कम्पनीबाट करोडौँ रुपैयाँ वैध बनाउन चलखेल गरेका थिए।



About Us
प्रतिक्रिया