बिलबुक नवीकरणका नाममा सेवाग्राही ठग्ने १६ बिचौलिया पक्राउ, नगदसहित कागजात बरामद


काठमाडौं – काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भन्दै  सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जनालाई पहरीले पक्राउ गरेको छ। सार्वजनिक सेवा प्रवाहमा  बाधा गर्ने, सेवा ग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा खटिएको  प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीलाई १ लाख २२ हजार नगद र ५३ थान बिलबुकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूले सानो भर्‍याङ स्थित यातायात कार्यालयबाट बल बहादुर सुनार,  विज्ञान राई  सञ्जय राजवाहक, विमल तामाङ, रमेश कार्की, सुमन प्रसाद श्रेष्ठ , उद्धव खनाल र कल्पना लम्साल लाई पक्राउ गरेको छ।

साथै, प्रहरी वृत्त थानकोटले गुर्जुधारास्थित यातायात कार्यालयबाट  पासाङ तामाङ, शुनिल लामा,  सुदिप मगर, बुद्ध तामाङ, सुमेश नेपाली, अमन तामाङ, उज्ज्वल सिंह र दिलिप राईलाई पक्राउ गरेको छ।