चेक अनादर मुद्दामा १५ हजार जरिवाना तोकिएका ५ जना फरार प्रतिवादी पक्राउ 


काठमाडौं – चेक अनादर मुद्दामा फरार ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका  विकाश वाइबा,  बासुराम भण्डारी, कोपिला अधिकारी, मोहन गोपाली र सरोज लामिछाने रहेका छन्। 

जिल्ला अदालतबाट मकवानपुरबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिए पश्चात् फरार रहेका उनीहरू पक्राउ परेको छ।

जिल्ला प्रहरी मकवानपुर कार्यालय तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला अदालत पठाएकाे छ।