चेक अनादर मुद्दामा ८ लाख ५० हजार बिगो तोकिएका एक जना पक्राउ 


काठमाडौं – चेक अनादर मुद्दामा ८ लाख ५० हजार बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको  चन्द्रागिरि बस्ने नवराज परियार रहेका छन्। 

काठमाडौं जिल्ला अदालत, बबरमहलले उनलाई आठ लाख पचास हजार रुपैयाँ बिगो २ वर्ष कैद फैसला गरेको थियो। उनलाई कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।