पूर्व ऊर्जामन्त्री खड्का पक्राउ


काठमाडौं – नेपाली काँग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। उनी सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए।

उनलाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको हो। जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो।

साथै, उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्।