काठमाडौं – रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित रिसोर्ट होटलबाट नक्कली सुन जस्तो देखिने ७ थान धातुसहित चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जलिङ मटिघारा ग्राम पंचायत–३ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० बस्ने ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ बस्ने ३८ वर्षीय रूपकेश राय यादव र भारत पश्चिम बंगाल सिलीगुढी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
उक्त होटलमा सुनचाँदीको अवैध विक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले होटलको १०२ नम्बरको कोठा तलासी गर्दा उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



About Us
प्रतिक्रिया