काठमाडौं – वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै २५० जनालाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी घर भई हालकाठमाडौंको गोकर्णेश्वर बस्ने शिवराज कार्की रहेका छन्।
कार्कीलाई स्वयम्भूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। उनीबिरुद्ध विभिन्न मितिमा वैदेशिक रोजगार विभागमा मुद्दाहरु दर्ता भएकोमा ६ वटा पक्राउ पुर्जी यस कार्यालयमा प्राप्त भएको प्रहरीले जनाको छ।
साथै, प्रहरीका अनुसार उनले चावहिलमा रहेको पी एन्ड एम इनोभेटिभ सर्भिस नामक परामर्श विगत१० बर्ष देखी सञ्चालन गर्दै आएको खुल्न आएको छ। प्रारम्भिक अनुसन्धान क्रममा उनले वैदेशिक रोजगारमा पटाइदिन्छु भनी अन्दाजी २५० जना मानिसहरूलाई ठगी गरेको भन्ने खुलेको छ भने, १०० जना भन्दा बढी पीडितहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन्।
त्यस्तै, उनको प्रहरी बृत्त लैनचौरबाट बैंकिङ्ग कसूरमा समेत मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ। उनले विगत ३ महिनादेखि भारतको नयाँ दिल्ली स्थित पहाडगंजमा अन्नपूर्ण फास्ट फुड खोली बसेका थिए। साथै, उनले भारत सरकारद्वारा जारी भएको आधार कार्ड र प्यान कार्ड समेत लिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया