काठमाडौं – बेलायत र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीका आशिष महत र रामेछापका संगिता श्रेष्ठ रहेका छन्। महतले बेलायत पठाइदिन्छु भन्दै २३ लाख र श्रेष्ठले पोर्चुगल पठाइदिन्छु भन्दै ३ लाख ६८ हजार ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया