काठमाडौं – फेक रेस्क्युमा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ घर भएका ३८ वर्षीय खोम अधिकारी रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए।
सीआईबीले रेस्क्युमा ३३ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ। उनी पक्राउ परेसँगै अहिलेसम्म ११ जना पक्राउ परेका छन्, भने अझै २२ रहेको श्रेष्ठ बताउँछन्।
सीआईबीले मुक्ति पाण्डे, सुवास केसी, विवेक पाण्डे, जयराम रिमाल, विवेकराज थपलिया, रवीन्द्र अधिकारी, डा.गीर्वाणराज तिमल्सिना, डा.मिनल्मा पाण्डे, श्याम सुन्दर कँडेल, सन्दीप ढुंगाना, सन्दीप तिवारी, शान्तकुमार बाँनिया, विनोद सापकोटा, जीवन पाण्डे, भानु ढकाल, फुर्वा छिरिङ शेर्पा, ममिता भट्ट, चुङला शेर्पा र पासाङ शेर्पा लाई प्रतिवादी बनाएको छ।
साथै, तेन्जिङ शेर्पा, पासाङ दावा शेर्पा, बद्री लम्साल, कवीन्द्र लम्साल, विष्णुप्रसाद लम्साल, सन्दीप भण्डारी, प्रकाशबाबु दाहाल, चन्द्रप्रसाद प्याकुरेल, कुमार भण्डारी, खोमराज अधिकारी, गणेश सिलवाल, श्रीराम केसी स्वाकन र रामकुमार फुयाललाई पनि सीआईबी प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।



About Us
प्रतिक्रिया